ट्रेन्डिङ

निजी विद्यालयका संगठन जनकपुरधाम उपमहानगरविरुद्ध आन्दोलनमा उत्रिने

जनकपुरधाम । निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय शुल्क निर्धारणसम्बन्धी गरेको निर्णयप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् ।

नेपाल विद्यार्थी संघसंग सहमति गरेर जनकपुरधाम उपमहानगरपालिकाले कुनियतले शुल्क निर्धारण गरेको आरोप लगाउँदै तत्काल पुरानै निर्णय अनुरुप शुल्क कायम गर्न हिसान मधेश धनुषाका अध्यक्ष सञ्जीव ठाकुरले आग्रह गरे ।

नीजि विद्यालयका संगठनहरु प्याबसन, एनप्याबसन र हिसानले संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले पुरानै निर्णय अनुसार जनकपुरधाम उपमहानगरले शुल्क निर्धारण नगरे नीजि विद्यालयहरुमा पठनपाठन अनिश्चिकालका लागि ठप्प पार्ने चेतावनी दिएका छन् ।

कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धी शैक्षिक सत्र २०८१/०८२ मा जनकपुरधाम उपमहानगरसंग छलफल गरी २०७४ को ऐन अनुसार नामांकन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरु लिन सकिने र पछि अनुगमन गर्ने सहमति भए अनुसार मिति २०८१/०५/१३ गते उपमहानगरपालिकाले नामावली सहित पत्राचार गरेको र सोही अनुसार गर्दै आए पनि नेविसंघ धनुषाको दबाबमा पुनः मिति २०८१/०७/१४ गते फरक किसिमको निर्णय गरेकोमा आफूहरुको आपत्ति रहेको एनप्याबसन धनुषाका अध्यक्ष आशिष झाले बताए ।

छात्रवृत्ति वितरण कार्यविधि २०७४ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क लिन पाउने भनी एउटै स्थानीय तहले फरकफरक निर्णय गर्नु लज्जास्पद रहेको प्याबसन जनकपुरधाम नगर कमिटीका अध्यक्ष दीपक कुमार ठाकुरले बताए ।

उनीहरुले संयुक्तरुपमा जनकपुरधाम उपमहानगरपालिकासंग शुल्क निर्धारणसम्बन्धी कार्यविधि बनाउनु अघि सरोकारवालासंग छलफल गर्न माग समेत गरेका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै