मधेस प्रदेश : मोटरसाइकलले ठक्कर दिदाँ दुइ जनाको मृत्यु

वीरगन्ज । मधेस प्रदेशका दुइ फरक जिल्लाहरुमा भएको सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । प्रदेशमा छुट्टाछुट्टै स्थानहरुमा मोटरसाइकलको ठक्करबाट दुइ जना पैदल यात्रीको मृत्यु भएको हो ।

प्रदेशको सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर १ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ । शंकरगंजबाट मोहनगंजतर्फ जाँदै गरेको प्र.२–०२–००२ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको हो ।

मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–७ बस्ने ७० वर्षीया देवकी महतो रहेकी छन् । मोटरसाइकलले ठक्कर दिदाँ उनी गम्भिर घाइते भएकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ पुरनदाहा चोकस्थित सडकमा मोटरसाइकलले ठक्करदिदाँ पैदालयात्री स्थानीय बिनोद यादवको मृत्यु भयो ।

जनकपुरबाट धनुषाधामतर्फ जाँदै गरेको प्र.२–०२–००२ प ४६१५ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै