ट्रेन्डिङ

पर्साको कालिकामाईमा सम्पन्न रक्तदानमा ३९ पोका रगत संकलन

वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकामा भएको कार्यक्रममा ३९ पोका रगत संकलन भएको छ । गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुर विर्तामा भएको कार्यक्रममा उक्त पोका रगत संकलन भएको हो ।

गाउँपालिकाको आयोजनामा भएको रक्तदानमा ५ जना महिलासहित ३९ जनाले रगतदान गरेका थिए । रक्तदान गर्नेहरुमा कृति कुमारी, निभा देवी, रागनी कुमारी महतो, शैलेन्द्र त्रिपाठी, बिकास साह तेली, बद्री साह, राम विश्वास महतो, बिकास पटेल लगायतका रहेका जनाइएको छ ।


वडा नम्बर ३ स्थित वडाध्यक्ष पदका उम्मेदवार राजेश प्रसाद कुर्मीको अध्यक्षता एवम् नेपाल सरकारका पूर्व उद्योग मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश पाण्डे, युवा नेता अजय कुमार पटेल, पप्पु महतो, रियाज आलम, राधा कृष्ण चौरसिया लगायतकाको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका सौरभराज पाण्डे, अजय साह, रेडक्रस सोसाइटी रेशमकोठीका अभिलाष कुमार गुप्ताले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै