काठमाण्डौँ । आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपाल र युएईको खेल सुरु भएको छ ।
युएईको अजमानमा जारी खेलमा नेपालले पहिले बलिङको निम्तो पाएको छ । घरेलु टोली युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको हो ।
बुधबारदेखि जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित ग¥यो । यसैगरी दोस्रो खेलमा समेत नेपालले कुवेतलाई एक सय ८ रनको फराकिलो अन्तरले पछि पा¥यो ।
आज पनि जित्ने दाउसहित नेपाल मैदानमा छ ।
यस्तै, युएईले पहिलो खेलमा कुवेत र दोस्रो खेलमा थाइल्याण्डलाई हराएको थियो ।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपालसहित, आयोजक युएई, कुवेत र थाइल्याण्ड सहभागि छन् ।
नेपालको चौथो खेल भोलि थाइल्यान्डसँग खेल्नेछ । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपका लागि छनोट हुनेछ ।
यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ ।