ट्रेन्डिङ

सप्तरी : छुट्टाछुट्टै सवारी दुर्घटनामा दुइ जनाको मृत्यु

सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । जिल्लाको दुइ छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुइ जनाको मृत्यु भएको हो ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ मुत्नी खोलास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

प्रदेश २ ०३ १० प ०५६७ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा चालक रूपनी गाउँपालिका बस्ने २५ वर्षीय रामानन्द रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनालाई थप उपचारको लागि घोपा धरानतर्फ पठाइएको छ ।

यसैगरी सप्तरीकै कंचनरूप नगरपालिका–८ बेरियरचोकस्थित सडकमा बागमती प्रदेश–०१–००६ ख ५९४४ नम्बरको बसको ठक्करबाट एक जनाको ज्यान गयो ।

मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ३५ वर्षीय एक जना पुरुष छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै