ट्रेन्डिङ

स्वच्छ तथा व्यवस्थित खानेपानीको माग गर्दै रौतहटमा आन्दोलन

रौतहट । स्वच्छ तथा व्यवस्थित खानेपानीको माग गर्दै रौतहटमा आन्दोलन सुरु भएको छ । इशनाथ नगरपालिकाका बासिन्दाले स्वच्छ तथा व्यवस्थित खानेपानीको माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

औरैयामा खानेपानीको व्यवस्थापन नभएको भन्दै सुधारका लागि स्थानीय उपभोक्ता राकेश ठाकुरले विभिन्न ६ बुँदे माग राख्दै मंगलबारदेखि आमरण अनसन सुरु गरेका हुन् ।

उनले स्वच्छ खानेपानको व्यवस्था गर्नुपर्ने, आर्थिक वर्ष २०८०÷०८१ सम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, विधान अनुसार खानेपानी उपभोक्ता समितिको साधारण सभा यथाशीघ्र गराउनुपर्ने, खानेपानीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समितिको पदाधिकारीसहितको नामावली सार्वजनिक गर्नुपर्ने र कम्पाउण्डका रुखहरू बिक्री लगायतको माग राखेका छन् ।

नियमित रुपले ८ दिनसम्म रिले अनसन बस्दा पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर आमरण अनसन सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै