सप्तरी । भन्सार छलीका सामानसहित सप्तरीबाट दुइ जना पक्राउ परेका छन् ।
विशेष सुचनाको आधारमा प्रहरीले भन्सार छलीका सामानसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी बिसनपुर र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको सयुंक्त प्रहरी टोलीले गएराती खडक नगरपालिका वडा नम्बर ८ भदियास्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर ५ रामनगरका ४० वर्षीय सम्पैत यादव र सोही ठाउँ बस्ने २२ वर्षका श्रवण कुमार यादव रहेका छन् । स ३ प ४७१७ नम्बरको १२५ सिसिको बजाज प्लाटिना मोटरसाइकलमा राजश्व छली ल्याउदै गरेको अवस्थामा उनीहरुको साथबाट मोबाइल डाटा केबलहरु बरामद भएको प्रहरीको भनाइ छ ।
उनीहरुले सेतो प्लाष्टिकको बोराभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा एक लाख ४० हजार ५३० रुपैँयाका ४७० थान मोबाइल डाटा केबलहरु बरामद भएको प्रहरीले बतायो । प्रहरीले उनीहरु सवार स ३ प ४७१७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको बताएको छ । नियन्त्रणमा लिएको मोटरसाइकलको मूल्यांकन ७५ हजार रुपैँया कायम गरिएको छ ।
पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।