सप्तरी । माछा मार्ने क्रममा करेन्ट लागेर सशस्त्र प्रहरीका पूर्व जवानको मृत्यु भएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर सप्तरीमा सशस्त्र प्रहरीका पूर्व जवानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ११ ठेलियाका ४० वर्षीय सुरेन्द्रराज धामी रहेका प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको कल्भर्टको खाल्डोमा जमेको पानीमा विद्युत् लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्युु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जनाए ।
करेन्ट लाग्दा गम्भिर घाइते भएका उनलाई विराटनगरस्थित कोशी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका जनाइएको छ ।
मृतक धामीले ६ वर्ष अघि सशस्त्र प्रहरीको सहायक हवल्दार पदबाट स्वेच्छिक अवकाश लिएका बताइएको छ ।