नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका प्रवक्ता खड्गबहादुर प्रकाण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ। नेता प्रकाण्डले अध्यक्ष प्रचण्डलाई आज खुमलटार पुगेर भेटवार्ता गरेका हुन्।

प्रचण्डसँग नेता प्रकाण्डले पछिल्ला समसायिक राजनीतिक घटनाक्रमदेखि समाजवादी मोर्चालगायतको बिषयमा छलफल गरेको जनाएका छन्। नेकपाका महासचिव विप्लव माओवादीसँग पार्टी एकता गर्न तयार भइरहेको बेलामा प्रकाण्ड खुमलटार पुगेका हुन्।

पछिल्लो समय माओवादीका नेताहरुसँग नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको भेट बाक्लिरहेको छ। त्यसो त नेता प्रकाण्डले यही साता प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै