ट्रेन्डिङ

भारतबाट ५० लाख रुपैयाँ बराबरको केरा भित्रीयो

महोत्तरी । महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वका लागि व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरको केरा भित्र्याएका छन् । आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारका लागि भारतबाट केरा ल्याइएको व्यवसायी गणेश साहले बताए ।

पहिलेपहिले २०–२५ लाख रुपैयाँसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाख रुपैयाँको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए । जलेश्वरमा केरा व्यवसाय गर्दै आएका ५–७ जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका हुन् । उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् ।

विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ । ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाख रुपैयाँको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् ।

जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ । बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै