ट्रेन्डिङ

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपतिको उम्मेदवार दरखास्त दिन आह्वान

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ ।

नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति ९सर्च कमिटी०ले आज सूचना जारी गरी १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्यको संयोजकत्वको सर्च कमिटीमा शिक्षा मन्त्रालयका सचिव र विश्वविद्यालयका सिनेटर डा। भूमिनन्द देवकोटा सदस्य छन् । सो कमिटीले गरेको सिफारिसको आधारमा सरकारले उपकुलपति नियुक्त गर्ने छ ।

उपकुलपति बन्न इच्छुक उम्मेदवारलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ बमोजिम दरखास्त दिन भनिएको छ ।

उम्मेदवारले शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा उल्लिखित कार्यविधिको अनसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र निवेदन दिन भनिएको छ । आजको मितिले दशौं दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त दिन सकिने सर्च कमिटीले जनाएको छ ।

प्रा।डा। पुण्यप्रसाद रेग्मीको चारवर्षे कार्यकाल गत असोज ८ गते सकिएपछि हाल उपकुलपति पद रिक्त छ ।

उपकुलपतिको दाबेदारको रुपमा विश्वविद्यालयकी रजिष्ट्रार प्रा।डा। शारदा थपलिया, प्रा।डा। कल्याणी मिश्र त्रिपाठी, प्रा।डा। सूर्यकान्त घिमिरे, प्रा।डा। पुष्कर दाहाल लगायत छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै