ट्रेन्डिङ

कांग्रेस र एमालेको कुनै विचार, सिद्धान्त मिल्दैन : प्रभु साह

धनुषा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलतन्त्र कमजोर भएपछि दुइ ठूला दल कांग्रेस र एमालेले गठबन्धन गरेको बताएका छन् । दीपावली तथा छठ पर्वको अवसरमा आजपा धनुषा जिल्लाको आयोजनामा आज जनकपुरधामको पगलाबाबा धर्मशालामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेस र एमालेको निर्वाचनमा छुटाछुटै गठबन्धन रहेको भन्दै अध्यक्ष साहले यिनीहरुको कुनै बिचार, सिद्धान्त, रुपरंग केही पनि नमिल्ने बताए ।

दलतन्त्र नेपालमा बर्बाद हुँदै गइरहेको बताउँदै साहले कांग्रेस र एमालेको अनैतिक गठबन्धनले दलतन्त्र नै कमजोर भएको उल्लेख गरे ।

कांग्रेस र एमालेको गठबन्धन केही नेताको सीमित स्वार्थका लागि भएको बताउँदै उनले यो गठबन्धनबाट कांग्रेस र एमालेकै नेता कार्यकर्ताहरु सन्तुष्ट नदेखिएको बताए ।

जनतालाई दिनुपर्ने सेवा, सुविधा दिन नसकेको यो सरकार धेरै दिन नटिक्ने उनले दाबी गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै