वीरगन्ज । जनसेवा नेपाल नामक संस्थाको आयोजनामा वीरगन्जमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
छठ पूजाको अवसरमा कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ५० पोका रगत संकलन भएको रक्तसञ्चार केन्द्र वीरगन्जले जनाएको छ । रक्तदान गर्नेहरुमा भुपेन्द्र कुमार साह, गजेन्द्र साह, सुरेन्द्र साह, राम किशोर महतो, उदय सिंह, सन्दिप पटेल, पिन्कु राम, राजु राम, जुनैद हुसेन लगायतका छन् ।
संस्थाका अध्यक्ष राधेश्याम प्रसाद पटेलको अध्यक्षता एवम् पूवै मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष गुप्ता, रक्तसञ्चार केन्द्र वीरगन्जका मनिष गुप्ता, जितेन्द्र कुश्वाहा, नितेस यादवले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।