ट्रेन्डिङ

दोस्रो सन्तानको रुपमा छोरी पाएको खुसीमा विपन्नहरूलाई न्यानो कपडा वितरण

जनकपुरधाम । छोरी जन्मेको खुसियालीमा धनुषाका एक परिवारले विपन्नहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।

दोस्रो सन्तानको रुपमा छोरी पाएको खुसीमा बटेश्वर गाउँपालिका(१ चित्रपुरका मनोजकुमार महतो र रेखाकुमारीले सोमबार १७३ विपन्न परिवारलाई फाइवर सिरक वितरण गरेका हुन् ।

 

नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ र एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोको हातबाट न्यानो कपडा वितरणको उदघाटन गरिएको थियो ।

छठिहारको अवसरमा जाडोबाट जोगिन बटेश्वर गाउँपालिकाका(१ भित्रका १७३ परिवारलाई न्यानो वितरण गरिएको महतोले बताए ।

 

छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न नातिनी जन्मेको खुसीमा न्यानो वितरणसँगै साधुशन्तको भण्डारा ९भोज० समेत आयोजन गरिएको हजुरबुबा रामचन्द्र महतोको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै