ट्रेन्डिङ

कुर्मी सशक्तीकरण मञ्च पोखरीया नगर कमिटिको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

वीरगन्ज । कुर्मी सशक्तीकरण मञ्च पोखरीया नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । छठ पर्वको अवसरमा सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगञ्जको कार्यलयमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

परमानन्द प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा मिताराम कुर्मी, बंका कुर्मी, नन्दलाल कुर्मी, दिपक पटेल, भगवान कुर्मी, प्रयाग कुर्मी, किशोरी कुर्मी, राजनारायण कुर्मी, ईन्द्रदेव कुर्मी, श्यामकिशोर कुर्मी, सुर्य नारायण कुर्मी लगायत कुर्मी स्वजातिय समाजसेवी तथा युवाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन पन्नालाल प्रसाद कुर्मी ले गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै