ट्रेन्डिङ

भारतको उत्तराखण्ड अल्मोडामा बस दुर्घटना, १५ जना घाइते ३६ जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको अल्मोडामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । नैनीडाँडादेखि रामनगरतर्फ जाँदै गरेको बस सोमबार बिहान दुर्घटनामा परेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार बसमा सवार १५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुमध्ये ३ जनालाई थप उपचारका लागि हवाई उद्धार गरिएको थियो । उनीहरुको अहिले ऋषिकेश एम्समा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै