ट्रेन्डिङ

कात्तिक २३ गते मेची(महाकाली युवा संकल्प यात्रा हुने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको संयोजनमा मेची(महाकाली युवा संकल्प यात्रा हुने भएको छ । कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने शाहीले बताए ।

युवा संकल्प यात्राका बारेमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले युवालाई रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मूलन र सुशासन, महँगी र मूल्यवृद्धि नियन्त्रण, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाहीलगायतका १० बुँदे एजेण्डाका साथ युवा संकल्प यात्रा आयोजना गरिएको बताए ।

 

स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दबाबको अगुवाइ गर्ने उनको भनाइ छ ।

तीनै तहका सरकारमा व्याप्त भ्रष्टाचार उन्मूलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने उनले जानकारी दिए । शाहीले सयौं सहकारीमा लाखौं नेपालीले बचत गरेको अर्बौं रुपैयाँ फिर्ता गराउन युवा संकल्प यात्राले जस्तोसुकै पहल गर्ने बताए ।

सहकारी ठग जो भए पनि, जुनसुकै पार्टीको भए पनि कारबाही गराउन युवा संकल्प यात्राले दबाब सिर्जना गर्ने उनको भनाइ छ ।

उनले सरकारलाई नागरिक मैत्री बनाउन पहल र प्रयत्न दुवै युवा संकल्प यात्राले गर्ने, युवा संकल्प यात्राले नागरिक जीवन सहज बनाउने सन्दर्भमा उचित अग्रसरता लिने जिकिर गरे ।

यात्राका क्रममा प्राप्त सल्लाह, सुझाव र अनुभवलाई दस्तावेजीकरण गरेर युवा हितका क्षेत्रमा निरन्तर काम गरिने शाहीले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै