सिरहा । कमला नदीमा अस्थायी पुल तयार भएको छ । सिरहा नगरपालिकाले उक्त पुल तयार पारेको हो ।
नदीको पुल भत्केपछि नदी तर्न समस्या भएकाले अस्थायी पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिए पनि मोटरसाइकल चालकबाट भने २० शुल्क लिने गरिएको सिरहा वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव बताँउछन् ।
सिरहा नगरपालिकाले पुलको दुवैतर्फ नगरपालिकाका कर्मचारी खटाएको छ । यसअघि व्यक्तिगत रुपमा पुल निर्माण गरी रकम लिने गरेकामा अब भने नगरपालिकाले यसबाट राजश्व सङ्कलन गर्ने उनले बताए ।
उनका अनुसार सङ्कलन भएको रकमबाट पुलको मर्मत सम्भार गरिनेछ ।
हुलाकी सडक अन्तर्गत सप्तरी–सिरहा खण्डमा सडक कालोपत्र गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा आवातजावत गर्न समस्या भएको छ ।