ट्रेन्डिङ

गढीमाई मन्दिरलाइ विश्वसम्पदा सूचिमा समावेश गर्न माग

बारा । बाराको महागढीमाई नगरपालिकास्थितको गढीमाइ मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गराउन पहल गर्न सरकारसँग माग गरिएको छ ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध यस मन्दिरलाइ विश्वसम्पदा सूचीमा सूचीकृत गराउन माग गरेका हुन् ।

गढीमाई मन्दिरमा शनिबार आजपा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘विश्व प्रसिद्ध गढीमाई माताको मन्दिरलाइ विश्वसम्पदा सूचीमा समावेश गरिनुपर्छ भन्ने माग हाम्रो पार्टीको हो । त्यसका लागि हरेक क्षेत्रबाट आ-आफ्न‍ो तरिकाले पहल गर्नुपर्छ । यस विषयमा सरकारको छुट्टै महत्वपूर्ण भूमिका रहन्छ ।’

विश्वप्रसिद्ध गढीमाईको पाँच वर्षीय मेला आगामी मङ्सिरमा लाग्दैछ । स्थानीयस्तरमा यसको तयारी तीव्र रूपमा भइरहेको छ । लाखौँ श्रद्धालु सहभागी हुने यस मेलाको व्यवस्थापनलगायत काममा पनि संघ सरकारले सहयोग गर्नुपर्नेमा साहले जोड दिए । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै