कमला सिचाइँ पश्चिम नहर परवाहा साधारणसभा, काम कारबाही थप व्यवस्थितका लागि दर्ता गर्ने निर्णय

जनकपुरधाम । कमला सिचाइँ पश्चिम नहर प्रणाली परवाहा शाखाको सधारणसभाबाट कामकारबाहीलाई थप व्यवस्थितका लागि दर्ता गर्नेलगायतका निर्णय गरिएको छ ।

सो साधारणसभाबाट कामकाजलाई थप प्रभावकारीतासंगै व्यवस्थित बनाउनका लािग विधान पारित गर्दै संस्था दर्ता, सो शाखाको वार्षिक कार्यक्रम तय, सिचाइँ सेवा शुल्क संकलन तथा व्यवस्थापन र साधारणसभा सदस्यबाट आएका विविध विषयवस्तुहरुमाथि समेत छलफल गरी अघि बढ्ने निर्णय गरेको छ ।

अध्यक्ष सुजित मिश्रको अध्यक्षता सम्पन्न भएको सो साधारणसभाबाट लामो समयदेखि सो शाखाले कमला नदीबाट पानी ल्याउनका लागि नहर निर्माण गरी खेतखेतमा पानी पुर्याउनका लागि व्यवस्थापन गर्ने, कुलो निर्माण गरी सिचाइँको व्यवस्थापन गर्ने, बाढी र डुबानबाट खेतालाई जोगाउनसम्मका कामकाजहरु स्थानीयस्तरमा गर्दै आए पनि अहिलेसम्म भने दर्ता गरिएको थिएन । शाखा दर्ता नहुँदा आर्थिक समस्याका कारण वर्षेनी लाखौँ रुपैयाँको क्षतिसमेत हुँदै आएको थियो ।

तर अब सो शाखाले आफ्नो कामकाजलाई प्रभावकारी बनाउनका लागि संस्थाको दर्ता यसै महिनामा गर्ने अध्यक्ष मिश्रले जानकारी दिए ।

खेतखेतमा पानीको व्यवस्थापनका लागि नहर खन्ने, निर्माण गर्ने र विभिन्न ठाउँमा ड्याम निर्माण गरी पानी जम्मा गर्ने, बाढी तथा डुबानको व्यवस्थानलगायतका कामकारबाहीहरु लामो समयदेखि गर्दै आए पनि अहिलेसम्म संस्था दर्ता नहुँदा पर्याप्त कामकाजका लागि आवश्यक बजेट व्यवस्थापनमा पटक पटक समस्या उत्पन्न हुँदै आएकाले संस्थाको विधान साधारणसभाबाट पारित गर्दै छ्टिटै नै संस्थासमेत दर्ता गरिने उनको भनाइ छ ।

अध्यक्ष मिश्रले सो शाखाले शाखाको कार्यक्रम शाखा, मूल समिति र कार्यालयको संयुक्त टोलीबाट मुहानदेखि पुच्छारसम्म सर्वे अध्ययनबाट कामको छनोट गरी प्रमुख कामलाई प्राथमिकतामा राख्दै सिचाइँको व्यवस्थापन गरिने प्रष्ट पारे ।

उनले विगतमा समेत सेवावापतको शुल्क उठाउन बाँकी रहेको र यसपटकको पनि सेवा शुल्क उठाउन बाँकी रहेकाले यसका लािग समेत टोली निर्माण गरी सिचाइँ सेवा शुल्क संकलन गरिने बताए ।

साधारणसभामा साधारण सदस्यहरुबाट आएका विभिन्न सुझाव तथा गुनासाहरुलाई मध्यनजर गर्दै कामकाजलाई थप प्रभावकारी बनाउनका लागि संस्थालाई वैधानिकता प्रदान गर्न लागेको उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै