काठमाण्डौँ । पाकिस्तानका मुहम्मद मोहसिनलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट अनुबन्ध गरेको छ ।
जनकपुरले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई अनुबन्ध गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जनाएको छ ।
२८ वर्षीय मोहसिनले ३० टी–२० खेल खेलेका छन् । जसमा उनले १७९ रन बनाउनुका साथै २२ विकेट लिएका छन् । उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र अमेरिकाको मेजर क्रिकेट लिग खेलिसकेका छन् ।
जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निसम र अमेरिकाका युवा क्रिकेटर जोसुआ ट्रम्पलाई अनुबन्ध गरिसकेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर आसिफ शेख मार्की प्लेअर रहेको जनकपुरको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।