सर्लाही । दीपावलीका लागि विद्युतीय बत्ती जोड्ने क्रममा करेन्ट लागेर सर्लाहीमा एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको धनकौल गाउँपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको हो ।
करेन्ट लागेर गाउँपालिकाको वडा नम्बर २ बस्ने ३५ वर्षका जितेन्द्र सिंहको ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहीबार घरको छतमा तार जोड्ने क्रममा करेन्ट लाग्दा उनी गम्भिर घाइते भएका थिए ।
गम्भीर घाइते जितेन्द्रलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।