ट्रेन्डिङ

मधेस राजधानी जनकपुरधाममा प्रहरीकै अगाडि खुलेआम पटका बिक्री हुँदै, प्रहरी मौन

जनकपुरधाम । मधेसको राजधानी जनकपुरधाममा खुलेआम पटकाजन्य पदार्थ बेचबिखन भइरहेको पाइएको छ ।

पटकाजन्य पदार्थ बेचबिखन कानुनतः वर्जित रहेपनि जनकपुरमा भने निर्वाधरुपमा बेचबिखन भइरहेको छ । कानुनतः पटका, भुइचम्पासहित विस्फोटक पर्दाथ पड्काउन र बेचबिखन गर्न प्रतिबन्ध छ । तर जिल्लाका विभिन्न स्थानमा प्रहरीकै अगाडि खुलेआम बेचबिखन भइरहेको छ ।

भारतसँगको मुख्य भन्सार नाका जटही भन्सार नजिकको बजार क्षेत्र र मधेसको राजधानी जनकपुरधामको बजार क्षेत्रमा प्रहरीकै अगाडी विभिन्न प्रकारका पट्का बेचबिखन भइरहेपनि प्रहरीले प्रशासनले भने नियन्त्रणमा चासो देखाएको छैन् ।

जनकपुरधामको जानकी मन्दिर आसपास क्षेत्रमा प्रहरीकै अगाडी त्रिपाल टाँगेर पटका बेचबिखनका लागि राखिएको छ । पट्का बिक्रीमा अझ बालबालिकासमेत संलग्न छन् ।

जनकपुरधाममै पटाका पाइएपछि भारततर्फ गएर चेकजाँचको झन्झट भोग्नुभन्दा नेपालबाटै पट्कासहितका झिरझिरे, आलुबम लगायतका विभिन्न प्रकारका कम क्षमताका विस्फोटक पर्दाथ धेरैले खरिद गरिरहेका छन् ।

तर प्रहरीले निगरानीको नाममा पट्का बेचिबिखनमा मौन झै बसेको पाइएको छ । प्रहरी नजिकै पटका बेचबिखन भइरहँदा पनि प्रहरीले निगरानी गरिरहेको जनाइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक भुनेश्वर तिवारीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमै रहेकाले प्रहरीले निगरानी गरिरहेको बताए ।

उनले भने‘ इन्सपेक्टरको नेतृत्वमा टोली खटेको छ, हल्काफुल्का पटका नियन्त्रणमा पनि लिएका छौ । अब अझै कडाइ गरेर चेकजाँच गर्ने छौ ।’

पटका लगायत विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै