ट्रेन्डिङ

महोत्तरीमा चार दिन अगाडि मृत फेला परेकी महिलाको पहिचान खुल्यो, अवैध सम्बन्धका कारण हत्याको आशंका

हत्या आरोपमा एक दम्पति पक्राउ

 

जनकपुरधाम । महोत्तरीमा सोमबार दिउँसो मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।

हत्या भएको चारदिन पछाडि मृतक महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

मृतक धनुषाको शहिदनगरपालिकास्थित यदुकाहाको निमुवा टोलकी अन्दाजी २६ वर्षीया मालती मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका– ५ का राकेश नायकको अवैध सम्बन्ध मालती मण्डलसंग रहेको देखिएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए ।

महोत्तरी प्रहरीका अनुसार त्यहीकारण प्रहरीले नायक दम्पतिलाई पक्राउ समेत गरेको छ । घटनामा राकेश नायकसंगै श्रीमती रीना नायकको संलग्नता देखिएपछि दुबैजनालाइ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।

विवाह भएको लामो समयसम्म रीना नायकलाई सन्तान नभएपछि राकेशको मालतीसंग विवाहेत्तर सम्बन्ध रहेको पाइएको प्रहरी भनाइ छ । यही अवैध सम्बन्ध लुकाउनका लागि उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।

जिल्लाको पिपरा गाउँपालिका–७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको बगैँचा नजिकै रहेको डिलमा मालती मण्डलसंग अवैध सम्बन्धपछि घाटीमा सल बेरेर हत्या गरिएको प्रहरी अनुमान छ ।
मालतीको हत्या सोमबार राति भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै