बारा महागढीमाइ नगरपालिकाका दुइजना पर्सामा प्रतिबन्धित लागु औषधसहित पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषधसहित दुइजनालाइ पक्राउ गरेको छ ।

प्रहरीको विशेष टोलीले जिल्लाको गण्डकबाट प्रतिबन्धित लागु औषध ट्याब्लेटसहित दुइजनालाइ पक्राउ गरेको हो । प्रहरीले बारा महागढीमाइ नगरपालिका वडा नम्बर ७ का ओमबाबु कुशवाहा र शैलेस यादवलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा गरिएको जाँचबाट प्रहरीको टोलीले उनीहरुको साथबाट २९९६ एम्पुल नुरफिन, डाइजापाम र फेनारगन बरामद गरेको प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

उनका अनुसार वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको बसबाट प्रहरीको टोलीले ब्यागमा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागु औषधहरु बरामद गरेको हो ।

प्रहरीले कुशवाहाको साथबाट १४८१ र यादवको साथबाट १५१५ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । बरामद लागु औषधसहित पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका दुबैजनामाथि अदालतबाट लागु औषध सम्बन्धी कसुरमा म्यादसमेत थप भइसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै