Close This

ट्रेन्डिङ

भारतको राजस्थानमा बस कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु

भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदै गर्दा दुर्घटना भएको हो।

‘आज स्थानीय यात्रु बोकेको निजी बस यहाँ कल्भर्टमा ठोक्किएर दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ,’ वरिष्ठ प्रहरी अधिकारी सत्येन्द्र चौधरीले बताए। ‘केही घाइतेहरूलाई जयपुरमा रिफर गरिएको र बाँकीको एसके अस्पताल सीकरमा उपचार भइरहेको छ।’

दुर्घटना लगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्‍याएका थिए।

एसके अस्पताल सिकरका सुपरिटेन्डेन्ट डा महेन्द्र खिचडले भने,’यहाँ कुल ३७ जना बिरामी भर्ना भएका थिए। मृतक तीन जनाको उपचारका क्रममा मृत्यु भएको र सातजनालाई जयपुर पठाइएको र बाँकीको यहीँ उपचार भइरहेको छ।’

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ। भारतमा सडक दुर्घटनाहरू सामान्य छन्। मुख्यतया ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङका कारण दुर्घटना हुने गर्दछ।

अधिकारीहरूका अनुसार दक्षिण एसियाली देशहरूमा हरेक वर्ष करिब ५० लाख सडक दुर्घटनामा एक लाख ५० हजार जनाको ज्यान जाने गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै