Close This

ट्रेन्डिङ

उद्योगहरुमा तत्काल विद्युत जोड्न जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको माग

सिमरा । उज्यालो पर्व तिहारको बेलामा देशको औद्योगिक प्रतिष्ठानहरु अन्धकार बनाएको भन्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले विद्युत प्राधिकारणको कदम सच्याउन आग्रह गरेका छन् ।

डेडिकेटेड र ट्रंक लाइनको विवाद नयाँ नरहेको वार्ता र सहमतीको माध्यमबाट समस्या समाधानका लागि उद्योगीले गरेको आग्रहलाई सरकारले पटक–पटक वे–वास्ता गर्दै आएको उद्योग वाणिज्य संघले जनाएको छ ।

‘सरकार र नेपाल विद्युत प्राधिकरणले चालेको पछिल्लो कदमका कारण यस जीतपुरसिमरा उपमहानगरपालिका भित्रका चार ठुला उद्योगहरु जगदम्बा स्टिल लिमिटेड, हुलास स्टिल लिमिटेड, हामा आइरन तथा अशोक स्टिल इन्डष्ट्रिज मारमा परेका छन् । ति उद्योगले देशको रोजगारी तथा कुल ग्राहस्र्थ उत्पादनमा पु¥याएको योगदानको समेत कदर नगरी एकपक्षीय ढंगबाट विद्युत प्राधिकरणले चालेको कदम निन्दनीय छ ।’ संघका अध्यक्ष मोहन शर्मा लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

देशमा गरी खान पाउने वातावरण निर्माणका लागि हौसला बढाउनुको सट्टा केही न केही बखेडा झिकेर पटक–पटक उद्योगी÷व्यवसायी माथी भइरहेको आक्रमणले उद्योगीलाई त्रसित पारिरहेको उद्योग व्यवसायमा गरिएको लगानीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने सरकार र सरकारका विभिन्न निकायले पटक–पटक उद्योगी व्यवसायीमाथी गरिरहेको आक्रमणले लगानी पलायनको खतरा समेत बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

‘जीतपुरसिमरा उपमहानगरका चार सहित विद्युत लाईन काटिएका देशका सबै उद्योग प्रतिष्ठानमा विद्युत जोडी औद्योगिक वातावारण निर्माणमा अग्रसर हुन विद्युत प्राधिकरण सहित सम्बन्धित पक्षसंग माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै