ट्रेन्डिङ

पर्साको सिडिओमा अर्यालले आजदेखि सम्हाले जिम्मेवारी

वीरगन्ज । पर्साको प्रमुख जिल्ला अधिकारी ९सिडिओ० गणेश अर्यालले आजदेखि कार्यभार सम्हालेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका सिडिओ अर्याल मंगलबारदेखि औपचारिकरुपमा कार्यभार सम्हालेका हुन्।

गृह मन्त्रालयले देशभरिबाट १७ जना सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको थियो । गत कार्तिक ९ गते गृह मन्त्रालयले देशभरिका १७ सिडिओसहित २७ जनाको सरुवा निकालेको थियो ।

सरुवा भएको पाँचौ दिनमा अर्याल पर्साको प्रमुख जिल्ला अधिकारीको कमान्डिङ सम्हालेका हुन्।

यसअघि उनी रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।

पर्सामा यसअघि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल थिए । उनको भैरहवास्थित गौतमबुद्ध अध्यागमनमा सरुवा भएको छ ।

सिडिओ अर्याल प्रशासनिक निकायमा सेवा प्रवाहमा उत्कृष्ट काम गर्ने अधिकारीको रुपमा क्षवि बनाएको जनाइन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै