ट्रेन्डिङ

माटाका भाँडा बनाउने हतारो, व्यापारी भन्छन् – विद्युतीय सामग्रीको प्रयोग बढ्दा माटाका सामग्री खस्किन थाल्यो (तस्विरसहित)

वीरगन्ज । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार संघारमै छ । तिहार नजिकिएसँगै वीरगन्जका पण्डित अर्थात् कुम्हाल समुदायलाई माटोका भाँडा बनाउन र बिक्रीवितरण गर्न भ्याईनभ्याई भएको छ ।

यहाँका कुम्हाल समुदायका परिवारले एका बिहानैदेखि अबेर रातीसम्म माटोको भाँडा बनाउने काममा व्यस्त हुने गरेका छन् ।

व्यस्त हुनुको उनीहरुको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥र्याउनु । तिहार र छठ पर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा बनाउने काममा व्यस्त बनेको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका रामबालक पण्डित बताउँछन् ।

उनी भन्छन्, ‘यो हाम्रो पूख्र्यौली पेशा हो । जातियताकै आधारमा हाम्रो भागमा यो पेशा प¥यो । त्यहिकारण माटाको भाँडो बनाउनु नै हाम्रो मुख्य काम हो । तर तिहार र छठ पर्वमा सबैभन्दा व्यापार हुने नै माटाको भाँडोको हो, त्यहिभएर बिहान बेलुकी नभनी काममा व्यस्त हुन्छौ ।’

दीपावली तथा छठ पर्वलाई लक्षित गरी विभिन्न प्रकारका दियो, माटोको घैला सउहितका विभिन्न किसिमका माटाका भाडाकुँडा बनाउने काममा व्यस्त बनेको उनको भनाइ छ ।

भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जाहो गर्ने गरेको छ । आफूहरु अहिलेदेखि नै भाडा बनाउने काममा लागेको उनले सुनाए । नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरीद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको उनको जिकिर छ ।

बढेन माटाका भाँडाको व्यापार :

वीरगन्ज बजारमा माटाका सामग्री राखेर बिक्री गर्ने उनीहरू कहाँ यसपटक अघिल्ला वर्षका तिहारमा झैं भीडभाड छैन ।

बजारहरुमा केही वर्ष अघिका तिहारमा जस्तो यसपटक माटाका भाँडाको माग नभएको पकाहामैनपुर गाउँपालिकाका मुसेर पण्डित बताउँछन् । दियो र कलस लगायतका सामग्रीको माग पहिले बढी हुने गरे पनि अहिले त्यस्तो नभएको उनको अनुभव छ ।

यद्यपि पण्डितका अनुसार माटाका पाला, कलस लगायत सामग्रीको मुल्य महंगो भने छैन । एक हप्तासम्म व्यापार गर्दासमेत बल्लतल्ल ५ देखि ६ हजार सम्म व्यापार भएको उनको भनाइ थियो ।

पछिल्लो समय विद्युतीय सामग्रीको व्यापक प्रयोग हुन थालेपछि माटाका सामग्री बिक्री खस्किन थालेको उनको अनुमान छ ।

तिहार र छठ पर्वमा खर्च कटाएर ती सामग्री बेचर करिब ३० हजारसम्म बचत हुने भएकाले उनीहरु अहोरात्र यो काममा खटिएका छन् । रोजगारी अभावमा फुर्सदमा घरमा बस्ने महिलाहरु पनि यतिबेला सो काममा पुरुषहरुलाई सहयोग गर्ने गरेका छन् ।

पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुडा बनाउने रहेकाले सो कार्यक्रममा व्यस्त बनेको छ ।

सरकारले यो पेशालाई संरक्षण गर्नुपर्ने उनीहरुको माग छ ।

वीरगन्जको घण्टाघरमा बेच्न राखिएका माटाका भाँडाहरु  (तस्विर) :

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै