ट्रेन्डिङ

पर्साको सखुवाप्रसौनीमा ७५ परिवारलाई खाद्यान्न तथा माटोको दियो वितरण

वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकास्थित ७५ जनालाई खाद्यान्न, लत्ताकपडा तथा माटोको दियो वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ सिद्धपुर निवासी अति विपन्न, मुसहर लगायत गरी ७५ जनालाई सामग्री वितरण गरिएको हो ।

रोटरी क्लव अफ वीरगन्जले दिपावली तथा छठ पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरी सामग्रीहरु वितरण गरेको सामाजिक अभियान्ता प्रकाश थारुले बताए । उनका अनुसार २ किलो चामल, २ किलो पिठो, १ किलो दाल, २ किलो मिठाई, २ लिटर खानेतेल, माटोको तेल तथा लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरीएको हो ।

रोटरी क्लव अफ वीरगन्जका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राकेश मिश्रा, सह–सचिव स्वेता अग्रवाल, सह कोषाध्यक्ष स्वेता गुप्ता, सदस्यद्धय डा. प्रेरणा झा र राजेन्द्र चौधरी सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै