
कलैया । विश्व प्रसिद्ध गढीमाई मन्दिर प्राङ्गणमा रहेको दानपेटिका सोमबार खोलिएको छ ।
गढीमाई पञ्चवर्षीय मेला तथा व्यवस्थापन मुल समितिका अध्यक्ष एवम् नगरप्रमुख उपेन्द्र यादवले दानपेटिका खोलेका हुन् ।
गढीमाई मन्दिर सञ्चालन समितिका अध्यक्ष रामचन्द्र साहको उपस्थितिमा नगरप्रमुख यादवले दानपेटिका खोलेका हुन् ।
दानपेटिकाबाट हालसम्म माताको लागि चाँदीको आँखासहित अमेरिकी, भारतिय र कतारी करेन्सी भेटिएको गढीमाई मन्दिर सञ्चालन समितिका अध्यक्ष रामचन्द्र साहले बताए । उनका अनुसार चारमध्ये एक पेटिको भेटी मिलाईदै छ । अन्य पेटी पनि खोलेर भेटी मिलाउने उनले जनाए ।
असोज १७ गते घटस्थापनादेखि कात्तिक १२ अर्थात् आजसम्मको भेटी खोलिएको उनी सुनाउँछन् ।
भेटी दान मन्दिरको बिकास प्रयोजनका निम्ति प्रयोग गरिने नगरप्रमुख यादवको भनाइ छ ।