
काठमाण्डौँ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनल खेलमा भारतलाइ पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा स्थान बनाउन सफल भएको हो ।
निर्धारित समयमा खेल १–१ को बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको थियो ।
यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।
भारतले खेलको ७० औ मिनेटमा सुरुवाती गोल गर्दै अग्रता हासिल गर्यो । खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।
त्यसअघि खेलको ५० औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।
उपाधीका लागि नेपालले बुधबार बंगलादेशसँग खेल्ने छ ।