ट्रेन्डिङ

यादव हत्या प्रकारणः बारा प्रहरीद्वारा ६ जना पक्राउ, अनुसन्धान जारी

वीरगन्ज । बारा प्रहरीले महागढीमाइ नगरपालिकामा भएको हत्या प्रकरण संलग्न रहेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ ।

अज्ञात समूहले महागढीमाइ नगरपालिकामा शनिबार गरेको श्रीनारायण प्रसाद यादव हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका सबैजना सोही नगरपालिकाका छन् । तर अनुसन्धान चलिरहेकोले उनीहरुको विवरण खुलाउन नमिल्ने प्रहरी स्रोतले मधेश सञ्चारलाई जानकारी दियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण यादवको हत्या भएको देखिएको छ । तर अहिलेसम्म हत्याका कारण भने यकिन गर्न नसकिएको प्रहरी स्रोतको दाबी छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार हत्या भएको केही घण्टामा शंकास्पदलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शनिबार राती नगरपालिकाको वडा नम्बर–१ म मृतक यादवमाथि धारिलो हतियारको प्रहार भएको थियो । घाँटीमा भएको धारिलो हतियारको प्रहारले उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै