वीरगन्ज । वीरगन्जमा २ दिने चित्रकला प्रदर्शनीको आयोजना गरिएको छ । बिन्दवासीनी होटेल एण्ड पार्टी प्यालेसमा प्रदर्शनीको आयोजना गरिएको हो । लायन्स क्लव अफ वीरगन्ज सांस्कृतिक गोल्डको आयोजनामा आयोजित कार्यक्रमको उद्घघाटन महानगर प्रमुख राजेशमान सिंहले रिबन काटेर गरेका थिए ।
कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका दूत डि.एस मिना, वरिष्ठ उधोगपति अशोक बैध, पूर्व जिल्ला वन कार्यालय तथा बिन्दवासीनी होटेल एण्ड पार्टी प्यालेसका सञ्चालक श्री राज नारायण जैसवाल, पीएम.सी.सी. का रमेश अग्रवाल, लायन्स कल्ब अफ वीरगन्जका डि.एन अग्रवाल, लायन्स कल्ब अफ वीरगन्ज सांस्कृतिक गोल्डकी अध्यक्ष रितिका जैसवाल लगायतको उपस्थिती रहेको थियो ।
उनीहरुलाइ लायन्स क्लव अफ वीरगन्ज सांस्कृतिक गोल्डकि लियो अनामिका, खुश्बु लगायतले खाँदा ओढाएर सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उधोगपति बैधले चित्रकलाको माध्यमबाट नेपाललाई विश्वमाझ िचनाउन सकिने बताए ।
कार्यक्रममा वीरगन्जका विभिन्न स्कुल तथा कलेजका विद्यार्थी एवं चित्रकारहरुले बनाएका करिब १०० वटा फोटोहरु प्रदर्शनीमा राखिएको थियो। लायन्स कल्ब अफ बिरगंज सान्स्कृती गोल्डकी अध्यक्ष रितिका जैसवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रदर्शनी भोलि ४ बजे समापन गरिने लायन्स कल्ब अफ बिरगंज सांस्कृतिक गोल्डकि अध्यक्ष जैसवालले बताइन ।