
वीरगन्ज । पर्साको प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आज सरुवा भएको हो ।
गृह मन्त्रालयको निर्णय अनुसार सिडिओ भुसालको भैरहवास्थित गौतमबुद्ध अध्यागमन कार्यालय मा सरुवा भएको हो ।
उनको ठाउँमा गणेश अर्यालको सरुवा भएको हो । अर्याल रुपन्देहीको जिल्ला प्रशासन कार्यालयबाट आउन लागेका हुन ।
गृह मन्त्रालयले आज थप २७ जना सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको छ ।