ट्रेन्डिङ

प्रहरीद्धारा ४५० लिटर तयारी रक्सी र ५ हजार ४०० लिटर कच्चा पदार्थ नष्ट

वीरञ्गज । पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टीमा प्रहरीले घरेलु मदिरा बनाउने चार वट्टा रक्सी भठ्ठी नष्ट गरेकोे छ।

अमरपट्टीमा अवैध रुपमा सञ्चालित चार वटा रक्सी भठ्ठी प्रहरीले शुक्रबार बिहान नष्ट गरेको हो।जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले रक्सी भठ्ठीहरु नष्ट गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

त्यसक्रममा तयारी रक्सी ४५० लिटर र कच्चा पदार्थ ५ हजार ४०० लिटरपनि पोखेर नष्ट गरिएको उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै