वीरञ्गज । उपकार सेवा नेपाल नामक संस्थाले एक जना अपांगलाई व्हिल चेयर प्रदान गरेको छ । बिगत लामो समयदेखि शारीरिक रुपले असक्त रहेका किशोरलाई उपकार सेवा नेपाल संस्थालव्हिल चेयर प्रदान गरेको हो ।
बिरगंज महानगरपालिका वडा नं. १६ नगवा नयाँ बस्तीका किशोरलाई व्हिल चेयर प्रदान गरेको उपकार सेवा नेपाल संस्था एवम् समाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए । उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष बिद्या कुमारी सरावगीको उपस्थितिमा उक्त व्हिल चेयर प्रदान गरिएको थियो । संस्थाले निरन्तर समाजिक कार्यमा काम गदै आएको छ ।
समाजमा यस्तै यस्तै गरिब दिन दुखी बालबालिका र वृद्ध अशक्तलाई सहयोग गदै आएको माजिक अभियन्ता प्रकाश थारुले बताए । थारुका अनुसार उनकै घरमा पुगेर उक्त व्हिल चेयर प्रदान गरिएको थियोे ।