
वीरञ्गज । बिरगंजमा सत्मार्ग फाउन्डेसन द्वारा बृहत खुल्ला रक्तदान कार्याक्र सम्पन्न भएको छ । बिरगंजको घन्टाघर चौक स्थित सत्मार्ग फाउन्डेसनको केन्द्रिय कार्यालय काठमान्डौ तथा जिल्ला कार्य समिति पर्साको एवम् नेपाल रेडक्रस सोसाइटी पर्साको प्राबिधिक सहयोमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सत्मार्ग फाउन्डेसनको केन्द्रिय कार्यालय काठमान्डौका अध्यक्ष तबरेज आलमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । फाउन्डेसनका केन्द्रिय सचीव सुनिल यादव बिरगंजका अध्यक्ष मेराज अन्सारी , उपाध्यक्ष बुनिलाल पटेल , स सचीव प्रदीप पण्डित , सचीव राजेन्द्र पटेल , कोसाअध्यक्ष बिनय पटेल लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल सस्त्र प्रहरीका पुर्ब डि।आई।जी। कृष्ण भक्त ब्रह्ममचार्य रहेका थिए । उक्त कार्यक्रममा १६ जनाले रक्तदान गरेको बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभराज पाण्डले बताए । रक्तदान कार्यक्रममा राहुल प्रसाद यादव, बाबिर माथेमा, बुनिलाल प्रसाद पटेल, अरसद अन्सारी, मनोज कुमार चौहान, सुमन कुर्मी, मिराज मिया, अरुण कुमार साह, सोनम कार्की, दिपु सिंह, बिवेक पासवान,राम अनुप कुमार, लागायतले रगतदान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, समाजसेवि राजेन्द्र भट्टराई, सन्चारकर्मी लागायतका प्रातिनिधिहरुको सहभागीता रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक टोलीले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।