बीरगंज । पर्साको बहुदरमाई गरपालिकाको ११ औ नगरसभामा बिहिवार आयोजना गरिएको छ । नगरसभामा उपप्रमुख सुष्मा कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन ।
बहुदरमाई नगरपालिकाले शहरी पूर्वाधार निर्माण,कृषि तथा पर्यटन स्वास्थ्य सेवा , रोजगारी प्रर्वद्धन तथा कागजरहित सेवालाई आफनो आगामी वर्षको प्रथामिकतामा राखेको छ ।
नीति तथा कार्यक्रममा राखिएका प्रथामिकता पुरा गर्नकालागि नगरपालिकाले संघ ,प्रदेश , नीजि क्षेत्र अन्तराष्ट्रिय जगत संग सहकार्य र साझेदारी गर्ने नीति लिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका माध्यमले नागरिकलाई आधारभूत सेवा प्रवाहमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने नीति तथा कार्यक्रममा उल्लेख छ ।
उपप्रमुख कुशवाहाले चालु आर्थिक बर्ष ०८१ ८२ को लागि ४९ करोड ९३ लाख ३३ हजारको बजेट सर्बजनिक गरिन ।
‘बहुदरमाई बासीको रहर स्वच्छ सुन्दर शुरक्षित समृद्ध नगर’ दिर्घकालिन सोच भन्ने नाराको साथ आज नगर सभाको आयोजना गरिएको थियो ।
बजेटमा संघीय सरकार समानिकरण अनुदानबाट १२ करोड २९ लाख,संघीय सरकार सर्शत अनुदान १९ करोड २९ लाख ९ हजार,संघीय सरकारको विशेष अनुदानबाट १ करोड ५० लाख , राजस्व बाँडफाड ९ करोड ७१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरि प्रदेश सरकार समानिकरण अनुदान ८९ लाख ४ लाख,सर्शत अनुदानबाट ९५ लाख, विशेष अनुदान ३० लाख,समपुरक अनुदान २० लाख र राजस्व बाँडफाडबाट ३० लाख ४० हजार प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोत ३ करोड ५४ लाख ६० हजार प्राप्त हुनेछ ।
यसैगरि बजेटमा जिल्ला समन्वय समिति तथा अन्य निकाय बाट निकास मौज्दात ४९ लाख ८४ हजार,स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत ५० लाख,सडक बोर्ड सशर्त अनुदान ४० लाख प्राप्त हुनेछ ।
नगर सभा नगरपालिकाको मेयर सिङ्गासन साह तेलीको अध्यक्षतामा भएको निती कार्यक्रम तथा बजेट सार्बजनिकीरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्द शेरे मुस्तुफाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका नौ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।बजेट बाँडफाँटको विषय लाई लिएर पटकपटक स्थगित हुदै आएको नगरसभा आर्थिक बर्ष शुरु भएको चार महिना पछि सम्पन्न भई बजेट आएको हो ।