ट्रेन्डिङ

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार पक्राउ परेका उनलाई यसअघि ६ दिन म्याद दिएको थियो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए ।

उनलाई सोही दिन राति पोखरा लगिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै