ट्रेन्डिङ

जनकपुरधाम उपमहानगरले काज सरुवा फिर्ता नलिए शिक्षकहरुद्वारा आन्दोलनको चेतावनी

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा हस्तक्षेप गरेपछि शिक्षकहरु आन्दोलित भएका छन् ।

विद्यालयको ताल्चा तोडी प्रधानाध्यापकमा अन्य विद्यालयका एक शिक्षकलाई प्रधानाध्यापक बनाएर हाजिर गराए पछि नेपाल शिक्षक संघ स्थानीय कार्य समिति जनकपुरधामले विरोध गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयको प्रशासनिक कार्यालयको ताल्चा तोडेर हाजिर गराइएको भन्दै सो विद्यालयका नेपाल शिक्षक संघस्थानीय कार्यसमिति जनकपुरधामका स्थानीय अध्यक्ष गौरी शंकर लाल कर्णले विरोध गरेका हुन् ।

स्थानीय अध्यक्ष कर्णको अगुवाईमा शिक्षकहरुको एक टोलीले जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरुले जनकपुरधाम उपमहानगरपालिकालाई निर्णय नसच्याएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सो विद्यालयमा कार्यरत प्रधानाध्यापक बलिराम साहलाई विस्थापित हुने गरी उनको स्थानमा जगदीश साहलाई ल्याएको छ ।

प्रधानाध्यापक जगदीश साह विवादित शिक्षक रहेको भन्दै उनको काज सरुवालई अविलम्ब बदर गरी निजलाई अन्य विद्यालयमा व्यवस्थापन गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझाउँदै सो जगदीश साहको काज सरुवा अविलम्ब फिर्ता नलिएमा चरणवद्ध रुपमा आन्दोलमा विभिन्न कार्यक्रमहरु गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

विद्यालयमा निवर्तमान प्रधानाध्यापक बलिराम साहको अनुपस्थितिमा जगदीश साहलाई जनकपुरधाम उपमहानगरले जवर्जस्तीरुपमा हाजिर गराए पछि शिक्षकहरुले विरोध गरेका स्थानीय अध्यक्ष कर्णले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै