काठमाडौँ । नेपाल औषधि लिमिटेडले देशभर डेंगीको सङ्क्रमण बढेको अवस्थामा समेत बजारमा सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट आएको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
लिमिटेडले आफ्नो प्रमुख उत्पादनको रूपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै स्टकिस्टहरू, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइएको जानकारी गराएको छ ।
साथै पछिल्लो समयमा बढ्न गएको डेंगीको सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८स्०० बजेदेखि साँझ ६स्०० बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको समेत जानकारी दिइएको छ ।