ट्रेन्डिङ

वीरगन्ज प्रसोतीपुरमा रहेको कब्रस्तानमा पर्खाल लगाउन टेण्डर सुरु

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुरमा ३ विगहामा रहेको कब्रस्तानमा चारैतिरबाट पर्खाल लगाउन टेण्डर प्रक्रिया सुरु गरिएको छ ।

संघिय सांसद प्रभु हजराको पहलमा संघिय सरकारले टेण्डर प्रकृया अघि बढाइएको छ ।

सांसद हजराको पहलमा केन्द्र सरकारले ९० लाखको बजेट छुट्याई निर्माण कार्यको लागि टेन्डर प्रक्रिया अघि बढाईसकेको सांसद हजराले बताए ।

हजराका अनुसार अब वर्षौदेखि स्थानिय मुस्लिम समुदायका ईदगाहको रुपमा प्रयोग हुँदै आएको यो स्थानलाई स्थानिय स्तरबाट ब्यवस्थापनको बाचा पाए पनि सो बाचा मै सिमित भएको थियो । तर आफुले आफ्नो कार्यकालमा यस्तो धार्मिक कार्यमा पहल गर्दा ल्याएको बजेटबाट समय मै निर्माण कार्य पूरा भए पश्चात्  वडानम्बर ३०,३१ र ३२ का मुस्लिम समुदायले वर्षौदेखिको आसा पूरा हुदा आफूलाई अलैकिक खुसी प्राप्त भएको बताए ।

उनले थपे आवस्यक सबै प्रक्रिया पूरा भैसकेको छ । छ्ठ पछि टेन्डर खुल्ने छ र चाडै निमाण कार्य समेत सुरु हुने जानकारी दिए ।

पर्खाल लगाउने कार्य सुरुहुने भएपछि प्रसोतीपुरका मुस्लिम समुदाय हर्षित भएका छन्।

कब्रस्तानको स्थलगत अनुगमनमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, जिल्ला अध्यक्ष विशम्भर कुमार शर्मा, जिल्ला सचिव महेस दास, पुर्व वडा अध्यक्ष अमानत मियाँ अन्सारी लगायत स्थानिय वासिन्दाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै