ट्रेन्डिङ

वीरगन्जका होटलहरुमा छड्के अनुगमन सुरु, जाइका र तास विरयानी हाउसलाइ जनही १०/१० हजार जरिवाना

वीरगन्ज । वीरगन्जका होटलहरुको अनुमगन कार्य सुरु भएको छ । चाडपर्वलाइ मध्नजर गर्दै होटलहरुको अनुगमन कार्य सुरु गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जले होटलहरुमा छड्के अनुगमन सुरु गरेको हो ।

कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहका अनुसार आज छपकैयाको लजिज विरयानी हाउस, मुरादाबादी विरयानी हाउस, ताज विरयानी हाउस र जाइका विरयानी लगायतका होटलहरुमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा ती होटलहरुमा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरु नष्ट गरिएको थियो। ती होटलहरुलाइ कारबाही स्वरुप जरिवाना गराइएको उनी बताँउछन् ।

जसअनुसार जाइका विरयानी र ताज विरयानी हाउसलाइ जनही १०/१० हजार रूपैँया तिराइएको छ । उनीहरुलाइ खानाका परिकारहरुको गुगस्तरमा ध्यान दिन समेत निर्देशन दिइएको उनले सुनाए ।

यस्तै नभएका होटलहरुको हकमा भने तत्काल दर्ता गर्न निर्देशन दिइएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जले खाद्य वस्तुहरुको टेस्टो मिटरद्वारा बैज्ञानिक ढंगले चेकजाँच गरेको थियो ।

अनुगमन टोलीमा वीरगन्ज महानगरका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास, उपभोक्ता हित संरक्षण मन्चका अजित कुमार भुजेल, वीरगन्ज उद्योग बाणिज्य संघका मनोज कुमार दास, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, बाणिज्य कार्यालय तथा जिल्ला प्रहरी कार्यालयका  प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै