वीरगन्ज । प्याब्सन पर्साको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने भएको छ । यहि कार्तिक ९ गतेदेखि प्रतियोगीता हुने भएको हो ।
आदर्शनगरस्थित लिटिल एञ्जल स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरि यसबारे जानकारी गराइएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनको आयोजनामा प्याब्सन पर्साको आयोजनामा वीरगन्जको नगरसभा (टाउनहल) मा प्रतियोगिता हुने प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले बताए ।
प्याब्सन पर्सा अध्यक्ष प्रधान र वीरगन्ज महानगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन महानगर प्रमुख राजेशमान सिंहले गर्ने कार्यतालिका छ । प्रतियोगीतामा प्याब्सनमा आवद्ध २३ वटा विद्यालयहरुले भाग लिने छन् ।
प्रतियोगिता आयोजनाका लागि ३ लाख १५ हजार रुपैंया खर्च हुने अनुमान पनि गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, कोषाध्यक्ष रामकिशोर यादव, उपाध्यक्ष शिवजी गुप्ता लगायतको उपस्थिति रहेको थियो ।