ट्रेन्डिङ

आरसिबि लाई हराउदै महेशपुर रि युनियन सिजन २ माथी महेशपुर स्टारको कब्जा

कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २६ मा पर्ने सिस्वा दोहरी सडक सङ्गै जोडिएको डेढ बिगहाको खेल मैदानमा भैरहेको महेशपुर रि युनियन सिजन २ को उपाधिमाथी महेशपुर स्टारले कब्जा गरेको छ ।

कलैया २६ को आर्थिक सहयोगमा भैरहेको क्रीकेट प्रतियोगिता को आज भएको फाईनल खेलमा स्टारले सो उपाधी जितेको हो ।

आज भएको फाईनल खेलमा पहिले ब्याटिङ्ग गर्दै महेशपुर स्टारले १७ ओभर खेल्दै सबै बिकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । उस्का लागि दिपेश अधिकारीले २२ रन बनाए ।

रोयल च्यालेन्जर्स बकुलहरका तर्फबाट बिबेक सहनी,विशाल सहनी र रोहित गुप्ताले समान ३र३ बिकेट लिए । जवाफी ब्याटिङ्गमा ओर्लिएको बकुलहर जम्मा ७४ रनमा समेटियो ।

बिजेता महेशपुर स्टारलाई प्रमुख अतिथि वडा अध्यक्ष धर्मेन्द्र यादवले नगद रु।४० हजार सङ्गै मेडल र कप उपलब्ध गराए । यस्तै दोश्रो भएको बकुलहर लाई नगद रु २० हजार मेडल र कप हस्तान्तरण गरे ।

महेशपुर बजरङ्ग क्रीकेट क्लबको आयोजनामा भएको समापन समारोहमा कलैया उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश मन्डल,वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारि, कलैया उपमहानगरपालिका बाताबरण शाखाका प्रमुख अनिल पान्डे, वडा नम्बर २६ का वडा सदस्यहरु ओहाब अन्सारी, सुबास मिया, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै