ट्रेन्डिङ

बाराबाट आधा करोडभन्दा बढी मूल्यका सामानसहित ट्रक पक्राउ

वीरगन्ज । बाराबाट प्रहरीले ५३ लाख भन्दाबढी मूल्यका भन्सार छलीका सामानसहितको ट्रक पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले भन्सार छलीका सामानसहितको ट्रक पक्राउ गरेको हो ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक एरियाबाट बिज बिजकभन्दा बढीका सामानहरु बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रहरीले ५३ लाख ५२ हजार ६३५ रुपैँया बराबरका सामानहरु पक्राउ गरेको हो ।

पर्साबाट झापाका लागि छुटेको ना ३ ख ४३६३ नम्बरको ट्रकबाट स्रोत खुलाउन नसकेको अवस्थामा उक्त मूल्यका ओखर, मोबिल, चेयर, जाली, इलेक्ट्रोनिक्स सामान, पिटामरी लगायतका सामानहरु बरामद भएको हो ।

बरामद सामानसहित ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै