ट्रेन्डिङ

श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टले आफ्नो ६ औं वार्षिकोत्सव मनायो

वीरगन्ज । श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टले आफ्नो ६ औं वार्षिकोत्सव मनाएको छ । ट्रष्टले पालकी शोभा यात्रा निकालेर मंगलबार आफ्नो वार्षिकोत्सव मनाएको हो ।

साईबाबाको मन्दिरबाट निकालिएको शोभा यात्राले गहवामाई मन्दिर हुँदै अलखियामठ, काली मन्दिर, गीता मन्दिरदेखि पुुनः शिरडी साईबाबा मन्दिरमा पुगेर समापन भएको अध्यक्ष हिरा साह कानुले बताए ।पालकी शोभा यात्रामा भक्तजन एवं श्रद्धालुहरुको उल्लेखनीय सहभागिता रहेको थियोे ।

उनका अनुसार पूजापश्चात दिउँसो १२ बजेदेखि भण्डारा महाप्रसाद वितरणको कार्यक्रम आयोजना गरिएको थियो । त्यसपछि सत्संग एवम् भजनकीर्तनको कार्यक्रम गरिएको उनी सुनाउँछन् ।

मन्दिरका प्रमुख संरक्षक निरज कुमार सर्राफका अनुसार यस वर्षको उत्सव विशेष रूपमा भक्तजन एवम् श्रद्धालुहरूका लागि समर्पित गरिएको छ ।

कार्यक्रमलाई सफल बनाउन सबै भक्तजनलाई सहभागी हुन मन्दिर व्यवस्थापन समितिले आहवान गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै