ट्रेन्डिङ

छठ पर्व नजिकिएसँगै बाँसका सामग्री बनाउन भ्याइनभ्याइ

वीरगन्ज । छठ पर्व नजिकिएसँगै बाँसका सामग्री बनाउनमा डोम समुदायमा बासिन्दा व्यस्त देखिएका छन् । यो पर्वमा बाँसका सामग्रीहरू जस्तै सुपा, डाली, सिज, र दौरा छठको पूजा र अर्घ दिने परम्परामा अत्यन्तै महत्व हुन्छ ।

छठ पर्वको समयमा यी सामग्रीहरूको माग धेरै बढ्ने गर्दा उनीहरुलाई अहिले बासँका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ ।

विशेषगरी छठ पर्वको समयमा उनीहरूको व्यवसायमा वृद्धि हुन्छ, जसले गर्दा उनीहरू रातदिन यी सामग्रीहरू बनाउँदै विक्री गर्ने कार्यमा लागि परेका छन् ।

बाँसबाट बनेको नाङलो, डालो जस्ता सामग्रीहरूको छठको विशेष पूजा विधिमा महत्वपूर्ण भूमिका हुने भएकाले, यी सामग्री बिना छठको पूजा अधुरो मानिन्छ ।

सातादिन अघिदेखि नै पर्साका विभिन्न स्थानहरुमा लाग्ने बजारमा छठका लागि बाँसका सामग्री लामलस्कर राखेर बेच्न थालिएको छ । जहाँ जिल्लाबाट मात्र नभएर जिल्ला बाहीरबाट पनि बाँसका सामग्री मगाउने गरिन्छ ।

डोम समुदायका लागि यो पर्व उनीहरूको आर्थिक उपार्जनको ठूलो स्रोत पनि हो, किनकि बाँसका सामग्रीको माग छठका बेला अत्यधिक हुन्छ । यसले उनीहरूलाई आर्थिक लाभ दिलाउनुका साथै उनीहरूको परम्परागत कौशललाई जगेर्ना गर्न सहयोग गर्छ ।

डोम समुदायको सिपलाई सांस्कृतिक सम्पदाको रूपमा मात्र नभएर आर्थिक अवसरका रूपमा पनि हेर्नुपर्छ । यसका लागि सरकारी नीतिहरू र कार्यक्रमहरूमा उनीहरूको सहभागिता र समर्थन आवश्यक छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै