
वीरगन्ज । नेपाल सद्भावना पार्टीको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा हुने भएको छ । वीरगन्जको होटेल गेटवेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।
असोज २२ गते बसेको पार्टीको केन्द्रिय कार्यसमिति बैठकको निर्णय अनुसार वीरगन्जमा यहि मंसिर १, २ र ३ गते हुने भनिएको सातौँ राष्ट्रिय महाधिवेशन स्थानान्तरण गरिएको जानकारी गराइएको छ । उक्त समितिको बैठकले महाधिवेशन सोही समयमा जनकपुरधाममा गर्ने कार्यतालिका तय गरिएको पार्टीका कार्यवाहक अध्यक्ष राम कुमार महतोले जानकारी दिए ।
यसैबिच नेपाल सद्भावना पार्टीको साधारण सदस्य समेत नरहेको भूपू शिक्षामन्त्री रामचन्द्र कुशवाहाले महाधिवेशन हुने स्थानप्रति दिएको गलत अभिव्यक्तिप्रति पार्टीको गम्भिर भ्यानाकर्षण भएको उनले बताए ।
नेपाल सरकारको मन्त्री जस्तो पदमा रहेको व्यक्तिले समेत आफ्नो मर्यादा र नैतिकतालाइ ख्याल नगरी गैरकानुनी कार्यमा संलग्नता देखाउनु दुखको विषय भएको पार्टीको ठहर छ ।
यस्ता कार्यहरु रोक्न रामचन्द्र कुशवाहालाई अनुरोध समेत गरेका छन् ।